अनलाईन न्युजपाटी सुनसरी ,समाचारदाता ,चैत्र १८ गते।
सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ३ पश्चिम् कुसाहामा भीषण आगलागी भएको छ । स्थानीय प्रत्यक्षदर्शी इरफान अन्सारीका अनुसार हिजो साझ ६ बजे खाना पकाउने ग्यास सिलेन्डरबाट आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले बताए। तर गाउको घरहरु बाक्लो र खरको भएको कारण बस्तीमा आगो निभाउन समस्या भएको थियो । आगलागीका कारण भएको क्षति बिबरण आउन बाकी छ ।