अनलाईन न्युजपाटी,काठमाडौं,समाचारदादाता,चैत १८ गते।
रामेछापमा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सूर्यविनायकबाट दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ पिकअप बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा मंगलबार बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।उनका अनुसार दोरम्बा गाउँपालिका-२ कि २५ वर्षीया संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ।‘घाइते भएकामध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको छ। केहीको अवस्था गम्भीर रहेको छ।’ पौडेलले भने, ‘प्रहरीले चालक नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान भइरहेको छ, घाइतेको उद्दार गरेर अस्पताल पठाइएको छ।’