जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट जारी गरिएको पास भोलिबाट स्वतः रद्ध

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २ गते

निरन्तर चलिरहेको लकडाउनलाई सरकारले अझै कडाइ गर्ने भएको छ। लकडाउनलाई कडा बनाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको छ।

यसै क्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज एक सूचना प्रकाशित गर्दै यस जिल्लाबाट २०७७/ २/१ गते सम्म बिभिन्न प्रयोजनका लागि जारी गरिएका E-PASS लगायतका सबै प्रकारका पासहरु गृहमन्त्रालयको च.न. ३८०६ मिति २०७७/२/१ को प्राप्त निर्देशन अनुसार मिति २०७७/२/३ गते देखि लागु हुने गरि सबै पास रद्ध गरिएको छ । साथै रद्ध गरिएको पासको आधारमा सवारी साधन वा आवत -जावत न गरिदिन अनुरोध समेत गरिएको छ ।

यसअघि जारी गरेका सबै पासहरुलाई गृहमन्त्रालयले जेठ १ गते देखि लागु हुनेगरि रद्ध गरिसकेको छ। अब गृहमन्त्रालयको निर्णय बिना एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाइदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *