आज गण्डकीमा थप ३७ जनामा कोरोना संक्रमण

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ३० गते

आज गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माका अनुसार यो सँगै गण्डकीमा १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।

 थप भएका ३ वर्षदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना देखिएको जानकारी गराउनु भयो । शुक्रबार कोरोना संक्रमण देखिएकामध्ये सबैभन्दा बढि स्याङ्जाको २२ जना त्यसैगरी पर्वतका १३ जना र नवलपुरका १ जना र तनहुँको १ जना रहेका छन् । गण्डकीका ११ जिल्ला मध्ये ९ जिल्लाका संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *