स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी मृत अवस्थामा फेला

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ ३० गते।

स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत डम्मर बहादुर विष्ट मृत फेला परेका हुन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्वर ५ का घर भएका एक सैनिक काठमाडौंमा मृत फेला  छन्।उनको छातीमा गोली लागेको प्रहरी स्रोतले बताएको छ ।विष्टको शव पोष्टमार्टमका लागि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।विष्ट आफैँले आफैँलाई गोली हानेको जस्तो देखिएको उनले बताए। घटनाको अनुसन्धान भइरहेको सेनाले जनाएको छ। 

बिष्टको दरबन्दी दुर्गाबक्स गण नारायणहिटी हो। हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *