सर्लाहीको सीमावर्ती क्षेत्रमा प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप

अनलाईन न्युजपाटी ,सर्लाही,समाचारदाता, जेठ ३० गते।

सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । सो झडपमा एकको मृत्यू र ३ जना घाइते भएको छ । गोली लागेर ज्यान गुमाउनेमा भारत सीतामढी पिप्रापर्सानीका २७ वर्षका विकेश कुमार रहेका छन् ।

भारतबाट सामान नेपाल ल्याउँदै गर्दा सर्लाहीको पर्सा गाउँपालिका नारायणपुर नाकामा सशस्त्र प्रहरीको हतियार खोस्ने क्रममा झडप भएको सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठले बताउनुभयो । घटनाको थप जानकारी आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *