कञ्चनपुरको एक सामुदायीक वनमा एक जनाको शव फेला

अनलाईन न्युजपाटी ,कैलाली,समाचारदाता, असार २ गते।

कञ्चनपुरमा एक जनाको शव फेला परेको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ मा रहेको बसन्त सामुदायीक वनमा शव फेला परेको हो।

कृष्णपुर नगरपालिका वडा नम्बर १ बस्ने ७१ वर्षका विरभान धानुकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए।मृत्युको कारण खुल्न सकेको छैन्। घरबाट औषधी लिन गएका धानुकको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *