भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार १३ गते।

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।यो संगै नेपालमा मृतक को संख्या २८ पुग्यो।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा आज बिहान मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए । पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो ।

भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *