अनलाईन न्युजपाटी ,पोखरा,समाचारदाता, असार १३ गते।
बाग्लुङमा आज ठूलो परिमाणमा लागूऔषधसहित १० जना पक्राउ परेका छन् ।
बाग्लुङ ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारमा रहेको मिना खाजा घरबाट प्रहरीले १ सय ९० ग्राम चरेस र करिब ९ किलो गाँजासहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दी धौलागिरी गाउँपालिका-२ घर भएका खाजा घर सञ्चालक ४५ वर्षीय धन बहादुर भण्डारी र उनको श्रीमती ४० वर्षीया मिना थापा भण्डारी रहेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा बाग्लुङ ढोरपाटन नगरपालिका-१ का २० वर्षीय विपिन रसाइली, १७ वर्षीय मनोज विक, २७ वर्षीय चित्र बहादुर पुन, २५ वर्षीय दल बहादुर बुढा, १९ वर्षीय जुनबहादुर विक, २० वर्षीय राम बहादुर सुनार र २० वर्षीय गिरे विक रहेको प्रहरीले जानकारी दिएको छ ।