डडेल्धुरामा बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ

अनलाईन न्युजपाटी ,कैलाली,समाचारदाता, असार १७ गते।

डडेल्धुरा प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्लाको परशुराम नगरपालिका –९ का १८ वर्षीय भिमबहादुर बोहरा रहेका छन्। 

एक स्थानीय १८ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने प्रयास गरेको जाहेरीका आधारमा बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानले बताए।पक्राउ परेका उनीमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *