अनलाईन न्युजपाटी ,एजेन्सी,समाचारदाता, असार १७ गते।
इरानको राजधानी तेहरानमा भएको क्लिनिकमा भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ।
अधिकारीका अनुसार १३ जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न पनि सक्छ ।
इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दिएको समाचार अनुसार सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भएको हो । ती अधिकारीका अनुसार विष्फोटमा मृत्यु हुनेहरु धेरैजसो महिला छन् ।