अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, साउन २२ गते
बिरामी चेकजाँच नगरी फर्काउने निजि अस्पतालहरुलाई कार्वाही गर्ने जिल्ला प्रशासन पर्साले चेतावनि दिएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा हिजो बसेको जिल्ला संकट व्यवस्थपान केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
पर्सामा रहेको विभिन्न निजी अस्पतालहरुले उपचारका लागि गएका बिरामीहरुलाई चेकजाँच र उपचार नै नगरी फर्काउने गरेको विभिन्न सन्चारमाध्यम र जन्ताको गुनासोआएपछि उक्त सम्बन्धमा छलफल गरी यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जान्कारी दिएका हुन।
उक्त बैठकले जिल्लाका सबै अस्पतालहरुलाई आइसोलेसन वार्डको व्यवस्था गरी बिरामीहरुको चेकजाँच र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । चेकजाँचको क्रममा कोभिड १९ देखिएका बिरामीलाई मात्र कोभिड अस्पतालमा पठाउनेअस्पताहरुलाई निर्देश दिएको छ।यदि यो निर्णयको बेवास्ता गरेर बिरामीलाई चेकजाँच नगरि फर्काए कानुन बमोजिम कारवाही गरिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताएकाछन।
तर जिल्ला प्रशासनले जारी गरेको निर्देशनमा अस्पतालमा भर्ना हुन् पिसिआर रिपोर्ट आवश्यक पर्ने की नपर्ने भन्ने बारे कुनै कुरा खुलाइएको छैन । जिल्लामा सञ्चालित निजि अस्पतालहरुले बिना पिसिआर रिपोर्ट बिरामीहरुलाई भर्न नगर्ने गरेको गुनासो आउने गरेको छ ।
बीरगन्जका नेशनल मेडिकल कलेज, बीरगन्ज हेल्थ केयर, तराई हस्पिटल, गण्डक अस्पताल लगायतका सबै अस्पतालमा कोरोनाको आशंकामा कुनै पनि बिरामीको चेकजाँच र भर्ना नगरी एउटा् अस्पताल बाट अर्को अस्पताल लादा लादै बिरामीको ज्यान जाने गरेको विभिन्न सन्चारमाध्यमहरुले जनाएका थिए।