अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, साउन २२ गते
सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ४ स्थित रहेको प्रा.वि. कुथनमामा दलित महिला सवर्सम्मतले बिध्यालय ब्यवस्थापन समितिको अध्यक्षमा भवानी महरा चैन हुँदा आफुलाई ठुलो र उच्च ओहोदाको जाति भनाउनेहरुले अध्यक्षमा कुनै पनि हालतमा दलितलाई स्विकार्दैनै भन्दै स्कुलमा तालाबन्दी गरेका छन् ।
उक्त प्रा.वि.स्कुलमा अधिकासं दलित समुदायको बाल बालिकाहरु अध्यन गर्ने गरेको छ । विधालय व्यवस्थापन समिति बिधार्थिका अभिभावकहरू बसेर सकुलको समिति चयन गर्न सकिन्छ । दलित महिला भवानी महराले अभिभावकले सवर्सम्मतले आफुलाई चयन गरेको दाबी गरेका छन् ।
दलित जागरण केन्द्र नेपाल, गोलबजार सिरहाका सचिव संजय महराले जातिय विभेदकै कारणले गैरदलितले स्कुलमामा तालाबन्दी गरेको उनले दु:ख व्यक्त गरेका छ्न। जातीय विभेदे अन्त गरी तालाबन्दी बन्द गरी सहज वातावरणमा सम्बन्धित निकाय संग माग गरेका छन् ।