डा.गोविन्द केसीले १९औँ अनसन २८ दिनमा तोडे

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २५ गते

अठ्ठाइस दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ ।

डा. केसीका वार्ता टोली र सरकारी वार्ता टोलीबीच शनिबार मध्यराति सहमति बनेको हो । सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा डा. केसीसँग सहमति पत्रमा हस्ताक्षर गरेका छन् । डा. केसीले आइतबार (आज) बिहान साढे ९ बजे अनसन तोडेका छन् ।

डा.केसीले अनसन तोडेपछि उनको स्वास्थ्य अवस्था नाजुक भएकाले थप उपचारका लागि आइसीयूमा भर्ना गरिएको छ ।

भदौ २९ मा जुम्लाबाट १९औँ अनसन थालेका केसीले विभिन्न ६ बुँदे माग राखेका थिए । चिकित्सा शिक्षा र क्षेत्र सुधारको मागसहित उनले यो अनसनमा यो पटक भ्रष्टाचारका विषय छानविन र कारबाहीको मुद्दा पनि अघि सारेका थिए ।

डा. केसी र सरकारबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने पहिलो सहमति बनेको छ । जसअनुसार २०८० सालदेखि पढाइसमेत सुरु गरिने सहमतिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *