अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, असोज २५ गते
सिरहाको लहान नगरपालिका २४ मा दशै दिपावली तथा छठ पर्वको अग्रिम शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। शुभकामना आदान-प्रदान कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रिय सदस्य भरत साहले बोल्दै नेपालको सरकार चर्म भ्रष्टाचारीमा लिप्त रहेको बताए। बिकास निर्माणको काम सुस्त गतिमा रहेको जोड दिनु भयो।
पार्टीका कार्यकर्ताहरुमा सचेत गर्दै काङ्ग्रेस,एमालेको मधेस बाट लखेटनु पर्ने जरुरी रहेको साहले बताए। बिशिस्ट अतिथि जनता समाज बादी पार्टी नेपाल को युवा नेता रामचरित्र महतोले भने मधेसमा अरु पार्टी भन्दा हाम्रो पार्टी, नेपालमा पहिलो पार्टी बन्न तिर अग्रसर भई रहेको बताउनु भयो।

काङ्ग्रेस ,कम्युनिस्टको अबस्था दिन प्रतिदिन खसकिदै गरेको अबस्था छ। अगामी चुनावमा मधेसको सम्पुर्ण जिल्लाहरुमा हाम्रो पार्टीको सरकार रहने दाबी गर्नु भयो। तपाईं हामी सबै काङ्ग्रेस ,कम्युनिस्टको भुल भुलैयामा परेर पछी परेको महतोले बताए।
किसानहरुको समस्याको बारेमा चर्चा गरेका थिए। कार्यक्रमको अध्यक्षता युवा नेता शितल साहको अध्यक्षतामा भएको थियो । अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर प्रसाद गुप्ता, नेपाल पोस्ट दैनिक तथा प्रेस मंच नेपालका सिरहा अध्यक्ष महेश सिंह तथा अरु पत्रकारहरुले आउदै गरेको दशै दिपावली तथा छठ पर्वको शुभकामना एक आपसमा आदान-प्रदान गरेको थियो ।