विष्णुपुर गाउँपालिकामा अनियमितता भएको भन्दै स्थानीय द्धारा पत्रकार सम्मेलन

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, कार्तिक १३ गते

सिरहाको बिष्णुपुर गाउँपालिकामा ब्यापक  अनियमितता भैरहेको वडा नम्बर– १ का वडा अध्यक्ष  गोपिन्द्र यादवले बताएका छन् ।  गाउँपालिकामा अनियमितता भएको भन्दै स्थानीयले पत्रकार सम्मेलनको आयोजना गरेका ।

कार्यपालिकामा समेत जनकारी नगराई मनोमानी ढंगले  गाउँपालिका प्रमुखले पछिलो दिनहरुमा अनियमितताका बिभिन्न गतिबिधिहरु संचालन गर्दै आईरहेको उनको आरोप छ । वडा नम्बर – १ मा १६ वटा सार्बजनिक  पोखरी छन् ,‘मलाई समेत जानकारी नदिई कौडीको भाउमा सो पोखरीहरु गाउँपालिका अध्यक्षले कार्यकर्ताहरुलाई दिएको सम्मेलनमा अध्यक्ष यादबले बताए । ’

बिभिन्न विकास निर्माणको कार्य देखि लिएर कर्मचारी भर्ना , शिक्षक भर्नाको नाममा गाउँपालिका अध्यक्ष जागेश्वर यादबले कार्यकर्ता भर्ति केन्द्र बनाएको उनले भने ।’  कुनै सुचना तथा जनकारी बिना गापा अध्यक्षले प्रक्रिया बिना १२ जना शिक्षक र १९ जना कार्यालय सहयोगी न्युक्त गरेको  , चौकिदार , सल्लहकार, पिए न्युक्ति लगायतमा ब्यापक अनियमितता गरेको उनले बताए  ।

यस्ता  गतिबिधी गाउँपालिकाले नसच्याएको खण्डमा जनताको साथ लिई  आफु कडा आन्दोलनमा जाने उनले चेताबनी दिएका छन । यता सो बिषयमा गापा अध्यक्ष जोगेश्वर यादब संग पत्रकारहरुले बुझन खोज्दा हामी पत्रकार सम्मेलन गरेर सो बारेमा जनाकारी गराउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *