अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, कार्तिक १६ गते
दोलखाको भीमेश्वर नगरपालिका कर्मचारीहरुमा कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गरेको छ ।

कोरोनाको सक्रमण बढ्दै गएपछि नगरपालिकाले सुचना जारी गदै अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको जानकारी गराईएको छ ।
कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको र नगरवासी लगायत नगरपालिकाका कर्मचारी समेत संक्रमित बनेको भन्दै सेवा अवरुद्ध गरेको नगरपालिकाले जनाएको हो ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर घरभित्रै बस्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन नगरपालिकाले आग्रह समेत गरेको छ ।
दोलखामा दशैको समयमा मानिसहरुको आवातजावत बढेपछि कोरोना संक्रमितको सङ्ख्या पनि बढेको छ ।