अनलाईन न्युजपाटी बुटवल,समाचारदाता,मङ्सिर १० गते
बुटवलमा बुधबार नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीका कार्यकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् ।
गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान सडकमा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शनसमेत गरेका हुन्।
तिनाउ पुल नजिकै उनीहरूले अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाएका थिए।
अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका थिए।
यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए । मंगलबार रुपन्देही आएका पौडेल रुपन्देहीमा २ दिन विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।
आफूलाई कालो झण्डा देखाएकोबारे प्रतिक्रिया दिँदै पौडेलले भने, ‘बुटवलमा केही विकास निर्माणका कार्यक्रम उद्घाटन गर्न आएको हुँ । त्यसक्रममा केही व्यक्तिले मलाई कालो झण्डा देखाउनुभयो । यसलाई मैले विकास र समृद्धिको विरोधी झण्डाको रुपमा लिएको छु ।’