अनलाईन न्युजपाटी,कपिलवस्तु ,समाचारदाता,चैत २० गते।
प्रिन्स मिश्र, कपिलवस्तुमा कोरोना भाइरस (COVID 19) रोकथाम सम्बन्धि जानकारी दिन स्वास्थ्यकर्मीहरु तैयार रहेका ( हेल्थ असिस्टेन्ट संघ नेपाल) हानका कपिलवस्तु जिल्ला अध्यक्ष अनिल कुमार विश्वकर्माले बिज्ञप्ति जारी गर्दै , बताएका छन ।
हेल्थ असिस्टेन्ट संघ नेपालको कपिलवस्तु शाखले हाटलाईन मार्फत स्वास्थ्य सेवा दिन तैयार रहेको कार्यवाहक अध्यक्ष अनिल विश्वकर्माले जानकारी दिनुभएको छ। विश्वकर्मा आज जिल्लाका विभिन्न स्थानिय तहमा कार्यरत हेल्थ असिस्टेन्टहरुको नम्बर प्रकाशन गर्दै विपदको समयमा देशलाई आवश्यक पर्ने बेलामा हामी कोरोना संक्रमण रोकथामका लागि मोबाईल फोनका भरमा स्वास्थ्य सेवा दिन तैयार रहेको बताउनुभयो ।
कोरोना भाइरस (COVID 19) को संक्रमण रोकथाममा कपिलवस्तुका स्वास्थ्यकर्मीहरुको भुमिका सरहनिय रहेको बताउदै स्वास्थ्य संस्था सम्म पुग्न नसक्ने तथा लकडाउनको बेला स्वास्थ्य सेवा पनि प्रभावित भएकाले हाटलाईन नम्बर जारी गरिएको अध्यक्ष अनिल कुमार विश्वकर्माले बताएका छन।