अनलाईन न्युजपाटी,बिरगंज ,समाचारदाता,चैत २० गते।
कृष्णा यादब,
संघीय तथा प्रदेश सरकारले वेवास्ता गरेपनि २० घन्टामा २० वेडको अस्पताल बनाउने कार्यमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव लागेका छन् । मुलुककै पुरानो र मध्य तराईको सबै भन्दा वढी चाप भएको नारायणी अस्पताललाई सघीय र प्रदेश सरकारले वेवास्ता गरेपछि बुधबार बिहान देखि केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा आइसोलेशन वार्ड बनाउने कार्यमा सांसद यादव जुटेका हुन । जग्गदम्बा ग्रुपका संचालक राजेश अग्रवाल र रुगंटावेल फेयरका आर्थिक सहयोगमा लगभग १० लाखको लागतमा २० वेडको आइसोलेशन वार्ड नारायणी अस्पताल बीरगंजमा स्थापना गर्ने कार्यमा सांसद यादव लागी परेका हुन ।
सर्लाहि देखि पर्सा जिल्लासम्मको रोगीहरुपको चाप रहेको र अस्पतालमा मात्र ५ वेडको आइसोलेशन वार्डले धान्न नसकने अस्पतालका चिकित्सकहरुले गुनासो गरेपछि जनताका जिउधन रक्षाको लागी दाताहरुसगं अनुरोध गरेर आइसोलेशन वार्ड स्थापना गराउने कार्यमा आफु जुटेको सांसद यादवले बताए । उनले भने दुबै सरकारले वीरगन्जलाई वेवास्ता गरेपछि अहिले बिश्व भरी फैलिएको कोरोना रोगबाट जनताको ज्यान बचाउनका लागी उधोगी व्यापारीहरुको अगाडि हाथ फैलाएर २० वेडको आइसोलेसन वार्ड निमार्णमा आफु लागेको यादवले बताएकाछन । ब्यापारी र उधोगीहरुको आर्थिक सहयोगमा २४ घन्टा भित्र यो आइसोलेशन वार्ड जसरि पनि तैयार गरिने सांसद यादवको प्रतिवद्धा रहेको थियो । यसपछि कारोना रोगको चेकजाचको लागी शुक्रबार देखि सघर्षमा उत्रिने तैयारीमा जुटको सांसद यादवले संचार कर्मिहरुलाई बताए ।
कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्ड मदन उपाध्यायले निजि अस्पतालहरुले ज्वरो रोगका बिरामीको उपचार गर्न रोकलगाए पछि रोगीहरुको चाप बढेको बताए ।उनले भने भारतको लखनउबाट आएका ठोरी नगरपालिकाका २ मा ज्वरो र खोकि देखिएपछि आइसोलशनमा राखिएको बताउदै वीरगन्जमा पनि कारोना चेकजाचको लागी आवश्यक उपकरणहरुको आवश्यकता रहेको उहाले बताए ।