वीरगंज १७ अलौ मा वडा अध्यक्ष बिना सर्बदलिय समिती गठन…

अनलाईन न्युजपाटी,बिरगंज, समाचारदाता,चैत १९ गते।

विश्वब्यापी रुपले फैलिरहेको नोबेल कोरोना भाईरसको  मध्य नजर गरि पटक-पटक सबै दलले सर्बदलिये  जन्चेतनामुलक र राहत समाग्री सहयोग गर्ने पहल गर्दै  वडा समितीले कुनै पहल नगरेकोले  वीरगंज महानगरपालिका वडा नं १७ अलौ मा वडा अध्यक्ष बिनाको सबै मिलि सर्बदलिय समिती गठन गरिएको छ।

समाजवादी  पार्टीका अलौका एकाई अध्यक्ष एवम जिल्ला समन्वय समितीका सदस्य अमोद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति संजु छतकुली, हरिनारायण यादव,  ने.क.पा.का किसिन्देव यादव, गगाधर महतो, रा.ज.पा.का राज्बन्सी साह कानु ,रा.प्र.पा पार्टीका  सुमेस्वर्नाथ उप्धायाय, समाजबादी पार्टीका छोटेलाल साह, अजय साह , जादोलाल सहनी र युनिभर्सल कलबका सम्पुर्ण  मेम्बरको उपस्तिथी रहेको थियो।

समाजबादी पार्टीका युवा नेता साहले वडाअध्यक्षले विभिन्न पार्टीको राजनीतिक दलका नेताहरु संग बैठक नबसेर मात्र आफ्नै होकेडोकेहरुलाई बैठक बसाई फोटो लिएर समाजिक संजाल मार्फत झुटो सर्बदलिय समिती गठन गरेको प्रति खेर ब्यक्त गर्नु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *