अनलाईन न्युजपाटी सन्जु छत्कुली , बीरगन्ज समाचारदाता जेठ १४ गते
कांग्रेस पर्सा सचिव श्याम पटेलले संसदीय बिकास कोषको सम्पुर्ण बजेट कोरोन कोषमा जम्मा गर्न आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसका पर्सा सचिव श्याम पटेलले कोरोनाबाट बचाउने काम सरकारले सुस्त गतिमा गरेको आरोप लगाएको छन।
बिरगंज बुधबार १४ गते स्थानीय पत्रकारसँग कुरागर्दै कांग्रेस का पर्सा सचिव पटेलले कोरोना भाइरस संग लडन सरकारले सुस्त गतिमा गरेको कामप्रती असन्तुष्ट पनि जनाएका छन। साथै सरकारलाई नेपाल भरी रहेको निजि अस्पताललाई अबिलम्ब क्वारेन्टाइन बनाउन आग्रह समेत गरेको जानकारी गराएका छन।
कांग्रेस पर्सा सचिव पटेलले लामो समय देखि लकडाउनले गर्दा गरिब निमुखा र ज्यालादारी गरेर आफ्नो जिबिका चलाउन गार्हो परेका हरुलाई यथाशीघ्र दोस्रो चरणको राहत बाडन स्थानीय सरकारलाई जोड दिएका छ्न।
कोरोना माहामारीको बेला के पी ओलिले सत्ता लम्बयाउने खेलमा लागेकोआरोप समेत लगाएका छन।
उन्ले भने सरकार ले नारायणी अस्पताललाई कोरोना मुक्त गरेर सबै खालको गरिबको उपचार गर्ने अस्पताल बनाएकोमा धन्यवाद पनि गरेका छन। कांग्रेस पर्सा सचिव पटेलले कोरोना सन्क्रमितलाई नारायणी अस्पतालमा गरेको जस्तो लापरबाही गण्डक अस्पतालमा गरिए आफू र आफ्नो पार्टी चुप लागेर नबस्ने भनी आक्रोश पोखनु भएको छ।