नेपाली कांग्रेसक पर्सा द्वारा नागरिकता बिधेयक को विरुद्ध पर्सामा बिरोध प्रदर्शन

अनलाईन न्युजपाटी, सन्जु छत्कुलि,बिरगंज,समाचारदाता, असार ७ गते 

नेपाली पुरुषले संग विवाह गरने बिदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको मा आज आइतबार नेपाली कांग्रेस को भातृ संगठन, नेपाल महिला संघ् पर्साद्वारा बिरोध प्रदर्शन गरिएको छ।

नेपाली कांग्रेस पर्साका नेता तथा कार्यकरताले येस्तो निर्णय प्रति अुन्तुष्टि जनाउदै वीरगञ्जमा प्रदर्शन गरेका हुन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले बिदेश बाट विवाह गरेर लाउने बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान नराख्न माग गरेका छन ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ्का नेतृहरुले मधेशलाई केन्द्रीत गरेर यस्तो निर्णय गर्न थालिको भन्दै यसले सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय हुने दावी गरेका छन ।

महिलालाई हेप्न  पाइँदैन’, “रोटी बेटीको सम्बन्ध विगार्न पाइँदैन“’, ‘नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर’ जहाँ नारि को सम्मन हुन्छत्यहा ईश्वर को बाँस हुन्छ्भन्ने लगायतका नारा लेखिएको प्लेकार्डसहित र्नेपाली कांग्रेस भातृ संगठनका नेपाल महिला संघ का नेतृ र नेताहरुले बिरोध प्रदर्शन गरेका छन

प्रदर्शनमा सहभागी नेपाली कांग्रेस का केन्द्रिय सदस्य अजय चौरसिया, पर्सा सभापति अजय द्विबेदी प्रदेश सांसद राजेस्वर साह, प्रदेश सान्सद ओमप्रकश शर्मा जिल्ला सचिव श्याम पटेल र महिला नेतृलेहरुले नागरिकता ऐन संसोधन विधेयक फिर्ता नभए कडाआन्दोलन गर्ने चेतावनी दिएकाछन।

नेपाली कांग्रेसका नेताहरुले नेपाली पुरुषसंग बिहे गरि आउने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्तावित प्रावधान गैरकानूनी रहेको नेताहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *