नेपाली कांग्रेसले नागरिक्ता बिधेयक बिभेदकारि भएको भन्दै जिल्लाका विभिन्न समुदायका अगुवाहरुसँग छलफलको आयोजना गर्यो

अनलाईन न्युजपाटी, सन्जु छत्कुलि, बिरगंज,समाचारदाता, असार १४ गते

सरकारले ल्याउन लागेको बिभेदकारी बिधेयक सबै समाजको विरुद्ध भएकोले कुनै पनि हालतमा मान्य नहुने आजको अगुवाहरुको भेलाले बताएको छ ।

नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको सभापतित्वमा भएको छलफलमा जिल्ला सचिव श्याम पटेल,कानु समाजका केन्द्रीय अध्यक्ष किशोरी कानु, सभासद तथा रौनियार समाजका रामेश्नवर रौनियार,नगरसभापति भोला कलवार,बैकुण्ठ श्रीवास्तव,बिरेन्द्रर यादव, नेपाल पत्रकार महासँघ प्रदेश २अध्यक्ष दिपेन्द्र भोला, मदरसा अरगनाईजेशन प्रदेश न२ अध्यक्ष शशिकपुर मिया,कुर्मि सेवा सदनको सुन्दर कुर्मि,जैन समाजको सुनिल जैन , रौनियार समाजका रबिन्दर गुप्ता ,बरई समाजका शम्भु चौरसिया, गोपाल सेवा समितिका राम प्रसाद यादव,किशारि यादव,मुस्लिम समुदाय का निजामुद्दिन समानी,हजाम समाजका रुदल ठाकुर,मेस्तर समाजको अशोक राउत,कल्याण कार्यकारि समिति

अध्यक्ष रामप्रभु कलवार,राजपुत सेवा समाजका नगनरायण सिह, लोहार समाज को शर्मालाल ठाकुर, पुर्ब क्याम्पस प्रमुख तथा ब्रहमण समाज को ललन द्विवेदी, हरिनरायण मिश्र ,दुसाद समाजका मुखिलाल पासवान,बरई समाज को अध्यक्ष रामाकान्त चौरसिया,ब्रहमण समाज को बृज मोहन तिवारी ,कायस्थ समाजका अध्यक्ष अरुण कुमारलाल कर्ण,राजपुत समाज को रामेश्वर सिह, गोपाल सेवा समिति हरिनारायण यादव ,कुर्मि सेवा सदनको लक्ष्मण कुर्मि,शिख समुदायका हरिन्दर सिह,कालू सिह,कलवार समाजका कृष्ण प्र कलवार ,राजपुत समाज का अनिल सिह लगाउतले यो बिभेदकारी बिधेयक सबै समाज को बिरुधका भएकोले यसलाई फिर्ता गर्नका लागि सरकारलाई दबाब दिन आन्दोलनमा जानुको बिकल्प नभएको धारना राख्नुभयो ।

सरकारले ल्याउन लागेको बिधेयक फिर्ता गराउनका लागि २०७७/३/१५गते सोमबार११बजे देखि ४बजे सम्म धण्टाघरमा धारणा दिने सो कार्यक्रममा सबै समुदायका साथिहरुलाई उपस्थिति का लागि अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *