नागरिकता विधेयक बिभेध्कारी र मधेश बिरोधी भएको भन्दै बिरगंजमा बिरोध प्रदर्शन : जनता समाजबादि पार्टी

अनलाईन न्युजपाटी संजु छतकुलि वीरगंज समाचारदाता, असार १६ गते

जनता समाजवादी पार्टी पर्साले वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ । समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको वीरगञ्जमा विरोध जुलुस प्रदर्शन गरेको छ।

विरोध जुलुसमा विभेदकारी सविधान खारेज गर, केपी तेरो पाराले दुःख पायो साराले, नेपाल–भारत बीचको सम्बन्ध कायम गर्न, महिलामाथि हिंसा गर्न पाइदैन’ लगायतको नारा लगाएका छन।

बिरोध कार्यक्रम लाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले नागरिकता ऐन संशोधन विधेयक ल्याएर मधेस र मधेसीको सांस्कृतिकमाथि प्रहार गरी संस्कृति नै मेटाउने काम बामपंथी सरकारले गरेको आरोप लगाएका छन।

बामपंथी सरकारले राजनीतिक अधिकार नदिई विदेशी महिलालाई गुलाम बनाउन खोजेको बिरोध सभा मा बोल्दै उनले भने ‘नेपाल र भारतबीचको सम्बन्ध युगौदेखि चल्दै आएको छ। दुबै तर्फ्को भाषा, धर्म, संस्कृति समेत मिलेको छ। उनले भने धेरै एस्तो जात छ, जुन नेपालमा कम छ, भारतमा बढी छ ।

त्यस्कारण मधेशको संस्कृतिको लागि भारतमा विहे गर्न बाध्य छौ र पनि बामपंथी सरकारले विधेयक ल्याएर मधेसीको संस्कृति माथी प्रहार गर्न खोजे को आरोप लगाए।

ओली सरकारले विधेयक फिर्ता नलिएर यसको परिणाम नराम्रो हुने उनले चेतावनी समेत दिए । जसपाका जिल्ला अध्यक्ष राजेशमान सिंहको नेतृत्वमा रहेकाले वीरगन्जमा नागरिकता विधेयकको विरोधमा जुलुस प्रदर्शन गरेको थियो । वीरगञ्जको स्विमिङ्ग पुल परिसरबाट निकालिएको विरोध जुलुस महानगरपरिक्रममा गरि घण्टाघर चोकमा पुगी कोणसभा गरेको छ ।

कोणसभामा लाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगी, पार्टीका नेता शशिकपुर मियाँ, महिला नेतृ करिमा वेगम, लगायतकाले नागरिकता विधेयक ल्याएर सरकारले फेरी मधेसमा भारत संगको रोटीबेटी सम्बन्धनलाई कुन्ठित गर्न लागेको आरोप लगाएका छन

त्यसैगरी जसपा का अर्को जिल्ला अध्यक्ष रामनरेश को नेतृत्व मा प्रदेश सभा सद्स्य रमेश पटेल केन्द्रिय सदस्य निजामुदिन समानी जि नेता सुन्दर कुर्मी, महिला नेत्री मिश्रा रेखा साह, मुन्नि श्रीवास्तवहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *