आईपीएलमा किंग्स इलाभेन पञ्जाबले र मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरे

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ३ गते

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स इलाभेन पञ्जाबले तेस्रो जित निकालेको छ ।  दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो ।

कडा टक्करकाबीच अन्ततः पन्जाबले मुम्बईलाई हराउन सफल भयो । यस जितसँगै पन्जाब अंक तालिकामा छैटौं नम्बरमा पुगेको छ ।

आइतबार राति दुबईमा भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । पन्जाबले जितका लागि १ सय ७७ रनको लक्ष्य पायो । पन्जाबले पनि कप्तान केएल राहुलको ७७ रन मद्दतमा, ६ विकेटकै क्षतिमा १७६ रन बनायो । खेल बराबरी भएपछि नतिजाका लागि सुपर ओभरमा गयो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पन्जाबले पाँच रन बनायो र मुम्बईले पनि समान पाँच रन नै बनायो । पहिलो सुपर ओभर पनि टाई भएपछि खेल दोस्रो सुपर ओभरमा धकेलियो ।

पन्जाबले जितका लागि एक ओभरमा १२ रन बनाउनु पर्ने भयो । ट्रेन्ट बोल्टको पहिलो बलमा क्रिस गेलले छक्का प्रहार गरे । दोस्रो बलमा गेलले एक रन बटुले । तेस्रो र चौथो बलमा मयंक अग्रवालले चौका प्रहार गरेर पन्जाबलाई जित दिलाए । म्यान अफ द म्याच पन्जाबका केएल राहुल चुनिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *