अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, कार्तिक ३ गते
बडा दशैं अन्तर्गत आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।
घटस्थापनाको दिनदेखि सुरू भएको नवरात्रिको तेस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हो । आजको दिन चन्द्र घण्टाको पुजागर्दा सुख प्राप्ती तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ ।
चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ ।