अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ३ गते
विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ४ करोड नाघेको छ ।

विश्वमा एकैदिन ३ लाख २४ हजार ९२६ कोरोना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा थप ३ हजार ९१७ ले ज्यान गुमाएका छन् ।
विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २ लाख ७८हजार १६९ पुगेको छ । त्यस्तै अहिलेसम्म ११ लाख १८ हजार ३२० जनाले ज्यान गुमाएका छन् ।
विश्वमा अहिले सक्रिय संक्रमितको संख्या ९० लाख ३८ हजार पुगेको छ । उनीहरुमध्ये ७१ हजार ९९५ जनाको अवस्था गम्भीर छ । संक्रमित ३ करोड १ लाख १२ हजार १७१ले कोरोनालाई जितेका छन् ।