आईपीएलमा बेंगलोरले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरे

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ६ गते

इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औं सिजनको ३९ औं खेल रोयल च्यालेञ्जर्स बेंगलोरले जितेको छ ।

गएराति अबुधाबीमा कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराउँदै बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ ।

पहिले टस जितेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । ८५ रनको सहज लक्ष्य बैंग्लोरले दुई विकेट गुमाउँदै हासिल गर्यो ।

बैंगलोरका देवदत्त पडिक्कल र आरोन फिन्चले पहिलो विकेटका लागि ४६ रन साझेदारी गरे । देवदत्त १७ बलमा २५ रन बनाएर आउट भए । फिन्चले १६ रन जोडे । त्यसपछि बैंगलोरका कप्तान विराट कोहलीले नटआउट १८ र गुरकिरत सिंहले नटआउट २१ रन थपे । यससँगै बैंगलोरले १३.३ ओभरमा आठ विकेटको सहज जित हासिल गर्यो ।

कोलकाताका फर्ग्युसनले १७ रन खर्चेर दुई विकेट लिए ।

यो जितसँगै बैंगलोर १४ अंक सहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । कोलकाता भने १० अंकसहित चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *