अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक ६ गते
बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज ‘कात्यायनी’को पूजाआजा गरिदैँछ ।
कात्यायनीलाई साहसको प्रतीक मानिन्छ। आजको दिन दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।
आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ ।
धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिको छ ।