अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, कार्तिक ५ गते
बोडर चेक पोस्टमा खटिएका सशस्त्र प्रहरीले नै समानओसारपोसार गर्ने गरेको तथ्य फेला परेको छ।बिश्व महामारीको मौका छोपेर प्रहरीले यस्तो अबैध र गैरजिम्मेवार काम गर्न लागेका हुन्।
सशस्त्र प्रहरीका वरिष्ठ हवलदार राज कुमार यादवले बिगत १० बर्ष देखि सदा पोसाकको प्रहरीमा कार्यरत रहेका छन्।बोडर सुरक्षाको लागि खटिएको प्रहरीले झन सुरक्षा गर्ने को ठाँउमा उनले ठिक उल्टो गरिएका छन्। सप्तरी जिल्लामा खटिएको सदा पोसाकको प्रहरीको कर्तु यस्तो देखिएको हो।
उनको दरबन्दी नम्बर ७ गणमा रहे पनि उनि सप्तरी जिल्लामा सदा पोसाकको काम गर्ने गरेका छन्। सशस्त्र प्रहरीका वरिष्ठ हवलदार नै सम्मान ओसारपोसार गर्न लागे पछि।
सर्बसाधारनले के गर्लान भने स्थानीयको गुनासो रहेको छ। सशस्त्र प्रहरीको वरिष्ठ हवलदार नै अंरक्षक नै भक्षक भए पछि राज्यको कस्तो बेथिति खेपनु पर्ला।
सशस्त्र प्रहरीका माथिल्लो तहल्का सरोकार बलाहरुले किन मौन रहेका छन्। वरिष्ठ प्रहरी हवलदार यादव लाई तुरुन्त कार्बाहि गर्न स्थानीयको माग रहेको छ ।