अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक ५ गते
कोरोना भाइरस संक्रमण फैलिएपछि स्थगित भएको कक्षा १२ को परीक्षा गराउनका लागि आवाश्यक कार्यविधिसमेत तयार गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार मंसिर ९ गतेबाट सुरु हुने परीक्षा मंसिर १६ गते नै सकिनेभएको छ ।
बिगतका बर्षहरुमा बैशाखमै परीक्षा संचालन हुने गर्दथ्यो । तर यो बर्ष कोरोना महामारीका कारण परीक्षा प्रभावित भएको थियो । आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा संचालन गरिने बोर्डले जनाएको छ ।