आईपीएलमा किङ्स इलाभेन पञ्जाबले कोलकातालाई ८ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ११ गते

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पन्जाब आईपीएल क्रिकेटको चौथो स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै पन्जाब चौथो स्थानमा उक्लिएको हो । सारजाह क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका गेलले २९ बलमा ५१ रन बनाए । उनले आईपीएलमा पन्जाबका लागि १ हजार रन समेत पूरा गरे ।

मन्दिप ६६ रनमा अविजित रहे । यस्तै कप्तान केएल राहुलले २८ रन बनाए ।कोलकाताका लक्की फर्गुसन र वरुण चक्रवर्तीले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । कोलकाताका लागि शुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान इयान मोर्गनले ४० रनको योगदान गरे । खराब सुरुवात गरेको कोलकाताका लागि गिल र मोर्गनले चौंथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । यस्तै लक्की फर्गुसन २४ रनमा अविजित रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *