चिनमा सरकारले फेरि काशगार शहरका करिब ४७ लाख मानिसहरूको कोरोना परीक्षण गर्दै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १० गते

सिन्जियाङ्ग प्रान्तमा देखिएको महामारीबीच चिनियाँ सरकारले फेरि एउटा शहरका पूरै मानिसहरूमा कोरोनाभाइरसको परीक्षण गर्दैछ।

काशगार शहरमा करिब ४७ लाख मानिसहरूको परीक्षण गरिँदछ। अहिलेसम्म लक्षण नदेखिएका १३८ सङ्क्रमित फेला परेका छन्।

काशगार शहरका विद्यालयहरू बन्द गराइएका छन् र परीक्षणमा निगेटिभ रिपोर्ट नआएसम्म त्यहाँका बासिन्दालाई शहर छोड्ने अनुमति दिइएको छैन।

चिनियाँ मुख्य भूभागमा विगत १० दिनयता पहिलो पटक कोरोनाभाइरस सङ्क्रमित फेला पारिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *