अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १० गते
अमेरिकामा चुनाव हुनुभन्दा एक हप्ता अघि राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई शीर्ष राष्ट्रिय सुरक्षा सहयोगीहरू चीनको बढ्दो विश्वव्यापी शक्तिलगायत अन्य मुद्दाहरूमा छलफल गर्न भारत भ्रमण गर्नेछन्।
अमेरिकी विदेश मंत्री माइक पोम्पीओ र रक्षा मन्त्री मार्क एस्पेरले मंगलबार रणनीतिक र सुरक्षा वार्ताका लागि आफ्ना भारतीय समकक्षहरूलाई भेट्नेछन्।
न्युज एजेन्सी पीटीआईका अनुसार यो विश्वास छ कि चुनावको बीचमा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो चीन विरोधी अभियानको सन्देशलाई फेरि एकपटक राख्न खोज्नेछन्।
अमेरिकी रक्षामन्त्री र परराष्ट्रमन्त्री २७ अक्टोबरमा रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग तेस्रो भारत-अमेरिका २ + २ मन्त्री संवादमा भाग लिने छन र उनीहरूका समकक्षीहरूसँग द्विपक्षीय बैठक पनि गर्नेछन् ।