आईपीएलमा हैदराबादले दिल्लीलाई ८८ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १२ गते

यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले शानदार जित निकालेको छ ।

मंगलबार राति दुबईमा भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो ।

दिल्लीका लागि ऋषभ पन्तले दिल्लीका लागि ऋषभ पन्तले ३६, अजिक्य रहाणेले २६ र तुषार देश पाण्डेले नटआउट २० रन बनाए ।

हैदरावादका लागि राशिद खानले चार ओभरमा केबल सात रन दिएर तीन विकेट लिए । सन्दीप शर्मा र टी नटराजनले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१९ रन बनाएको थियो । ४५ बलमा ८७ रन बनाएका ऋद्धिमान साह म्यान अफ द म्याच भए । डेभिड वार्नरले ६६ रन बनाए । मनिष पाण्डे ४४ र केन विलियम्सन ११ रनमा नटआउट रहे ।

आजको खेलमा जित निकाल्दै हैदरावाद तालिकाको छैटौं स्थानमा उक्लेको छ ।

हैदरावादको प्लेअफमा पुग्ने सम्भावना कायम रहेको छ । हैदरावादले १२ खेलबाट १० अंक जोडेको छ । पराजित दिल्लीको १२ खेलबाट १४ अंक छ । दिल्ली तालिकाको तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *