विश्वमा पछिल्लो चौबिस घण्टामा थपिए दुई लाख ७६ हजार ८९५ जना कोरोना भाइरसका नयाँ संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १६ गते

विश्वमा एकैदिन झण्डै साढे दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। विश्वमा पछिल्लो चौबिस घण्टामा दुई लाख ७६ हजार ८९५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा ६ हजार एक जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार बिहीबार अमेरिकामा सबैभन्दा बढी ६८ हजार पाँच जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने एक हजार २५१ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ५८ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार १८९ जनाको मृत्यु भएको तथ्यांक छ।

भारतमा बिहीबार ५४ हजार ९६६ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ७८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

रूसमा पछिल्लो २४ घण्टामा पाँच हजार ५०९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १२९ जनाको मृत्यु भएको छ।

यस्तै, बिहीबार दक्षिण अफ्रिकामा ११ हजार ४६, कोलम्बियामा नौ हजार ९६५, मेक्सिकोमा पाँच हजार ७५२, स्पेनमा दुई हजार ७८९, इरानमा दुई हजार ६२१, साउदी अरेबियामा एक हजार ६२९ तथा पाकिस्तानमा एक हजार ११४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *