अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २० गते
विश्वमा पछिल्लो २४ घण्टामा एक लाख ९८ हजार ७०१ जना संक्रमित थपिएका छन्।
१६ साउनमा दुई लाख ८९ हजार ३२८ जना संक्रमित थपिएकामा त्यसको भोलिपल्ट १७ साउनमा दुई लाख ५५ हजार ८११ जना संक्रमित थपिएका थिए। यस्तै, १८ साउनमा दुई लाख १२ हजार ५१७ जना संक्रमित थपिएका छन्।
विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८४ लाख ४७ हजार ७२३ पुगेको छ। संक्रमितमध्ये एक करोड १६ लाख ६४ हजार ७२२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ६० लाख ७२ हजार ७२२ सक्रिय संक्रमित छन्। ६४ हजार ७३२ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको वल्डोमिटर्सको तथ्यांक छ।
विश्वमा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ६ लाख ९६ हजार ७९५ जनाको मृत्यु भएको छ।