भारतमा एकै दिनमा थपिए ५२ हजार भन्दा बढी संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २० गते

भारतमा गत २४ घण्टामा भारतका ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार  नाघेको मङ्गलबार जनाइएको छ ।

गत २४ घण्टामा भारतका ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८०३ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार ९३८ जना पुगेको छ । सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ३० हजार ५१० व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ८६ हजार २९८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४७ हजार ३२४ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ८४२ व्यक्तिको मृत्यु भइसकेको छ । महाराष्ट्र कुल चार लाख ५० हजार १९६ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *