आजदेखि देशभर सवारीसाधनमा पुन: जोरबिजोर प्रणाली लागू

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २२ गते

सरकारले उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको निष्कर्ष गर्दै आजबाट सवारी साधनमा पुनः जोरविजोर प्रणाली लागू गर्दैछ । गृह मन्त्रालयले बुधबार हिजो नै सुचना प्रकाशित गर्दै आजबाट यातायातमा पुनः जोरविजोर प्रणाली लागू गरेको हो ।

मन्त्रालयका अनुसार आजबाट काठमाडौं उपत्यका र २०० भन्दा बढि कोरोना संक्रमित भएको जिल्लामा अत्यावश्यक सेवा वाहेक सार्वजनिक तथा निजी सवारीहरुमा जोरविजोर प्रणाली लागू गरिएको छ । आज साउन २२ गते भएकोले आज जोर नम्बरका सवारी साधन मात्र चल्न पाउनेछन् ।

 जोर गतेका दिन कुनैपनि सवारीको अन्तिम दुई अंक जोर छ भने मात्र ती सवारी चल्न पाउने गृह मन्त्रालयले जनाएको छ । सरकारले भिडभाड कम गर्न तथा सामाजिक दुरी कायम राख्न यस्तो निर्णय गरेको हो । लकडाउन खुकुलो भएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *