दुई नम्बर प्रदेशको मन्त्रालयकै कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि, एक मन्त्रालय बाहेक सम्पूर्ण मन्त्रालयको काम ठप्प

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, साउन २२ गते

जनकपुरधाम– प्रदेश २ मा मन्त्रालयकै कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि एक मन्त्रालय बाहेक सम्पूर्ण मन्त्रालयको काम ठप्प भएको छ ।

अहिले प्रदेश–२ मा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय बाहेक अन्य सबै मन्त्रालयमा कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रायलहरुको सम्पूर्ण काम बन्द भएको छ।

पछिल्लो समय मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि ती मन्त्रालयको सम्पूर्ण काम बन्द गरिएको हो।

बुधबार मात्रै आन्तरिक मामिला मन्त्रालयका ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि समाजिक विकास मन्त्रालयका ४ जना र मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सुरक्षा–सतर्कता अपनाउन मन्त्रालयहरुको कार्यालय बन्द गरिएको हो ।

यद्यपि प्रदेश दुईको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यालय भने अहिले पनि खुुल्ला नै रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सम्पूर्ण काम बन्द गरेर मूल ढोकामै ताल्चा लगाइएको छ ।

त्यस्तै समाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पुर्वाधार विकास मन्त्रालयको कार्यालयमा बुधवार मात्रै ताल्चा लगाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *