अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २२ गते
गण्डकी प्रदेशमा फेरी थपिए ११ जना नयाँ कोरोना संक्रमित थपिएको छ। अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५६६ पुगेको छ |
क्षयरोग उपचार केन्द्र, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जना संक्रमितहरुको विवरण छ |

जसमध्ये कास्कीका १ जना, पर्वतका १ जना ,गोर्खाका ६ जना र नबलपरासीका ३ जना हुनुहुन्छ|
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |