भारतमा विमान दुर्घटना : दुई पाइलट सहित १७ व्यक्तिको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २४ गते

भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् ।

विमानमा चालकदलका सदस्यसहित १९१ जना भएको बताइएको छ।

क्यालिकट विमानस्थलमा अवतरणको क्रममा उक्त जेट दुर्घटनाग्रस्त भएको भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

धावनमार्गमा विमान दुई टुक्रा भएका तस्बिरहरू सामाजिक सञ्जालमा राखिएका छन्।

भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना भयो र विमान दुई टुक्रा भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *