भारतमा एकै दिनमा थपिए ६१ हजार ४५५ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २४ गते

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् ।

 यसअघि शुक्रबार भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए ।योसँगै भारतमा दुई दिनमा मात्रै १ लाख २३ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कोरोनबाट संक्रमित हुनेको संख्या २० लाख ८६ हजार ८६४ पुगेको छ।

भारतमा अहिलेसम्म कोभिड–१९ का कारण ४२ हजार ५७८ जनाको मृत्यु भएको छ भने १४ लाख २७ हजार ६६९ जना संक्रमणमुक्त भएका छन्।

६ लाख १६ हजार ६१७ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ। हिजो मात्र भारतमा कोभिड–१९ बाट ९४० जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *