अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज ५ गते
भारतमा पछिल्लो २४ घण्टामा ८७ हजार ३८२ संक्रमित थपिएका छन् । सोही अवधीमा भारतमा कोरोनाका कारण एक हजार १३५ जनाको मृत्यु भएको छ ।

वल्डोमिटरको तथ्याङक अनुसार भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ८५ हजार ६१२ पुगेको छ । मृतकको संख्या ८७ हजार ९०९ पुगेको छ ।
भारतमा कोरोना संक्रमित मध्ये ४३ लाख ९२ हजार ६५० संक्रमण मुक्त भएका छन् । १० लाख ५ हजार उपचार गराइरहेका छन् ।