आन्तरिक हवाई उडान आजदेखि संचालन हुदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ५ गते

बन्दाबन्दीसँगै बन्द भएको आन्तरिक हवाई उडान आजदेखि संचालन हुने भएको छ । यसका लागि सबै तयारी पूरा भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप सरकारले आन्तरिक उडानमा लगाएको प्रतिबन्ध भदौ २९ को मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि पाँच दिनपछि सरेको हो ।

आजदेखि वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने छन् । यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ । त्यसपछि माग र औचित्यका आधारमा उडान तालिका स्वीकृत गर्नेगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *