अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ४ गते
काठमाडौं उपत्यकामा आज थप ७६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७६७ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएका संक्रमितहरू काठमाडौंका ६०२ जना, भक्तपुरका १०१ जना र ललितपुरका ६४ जना रहेका छन् ।