अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २६ गते
विश्व महामारी कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख नजिक पुगेको छ ।
हिजो ४१ हजार सात सय ४९ जना नयाँ बिरामी थपिए संगै संक्रमित संख्या ७९ लाख ९१ हजार ९९८ पुगेको हो ।
अमेरिकामा हालसम्म कोरोनाका कारण २ लाख १९ हजार ६ सय ९५ जनाको मृत्यु भइसकेको छ । हिजो मात्रै तीन सय २५ जनाले ज्यान गुमाए ।
कोरोना संक्रमितमध्ये ५१ लाख २८ हजार एक सय ६२ जना उपचारपछि निको भई घर फर्किएका छन् । २६ लाख ४४ हजार ७५ जना उपचाररत रहेकोमा १४ हजार सात सय २२ जनाको अवस्था गम्भीर छ ।