अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २६ गते
भारतमा कोरोनाबाट संक्रमितको संख्या ७१ लाख १९ हजार तीन सय पुगेको छ । पछिल्लो २४ घण्टामा ६७ हजार सात सय ५७ नयाँ बिरामी थपिए ।

कोरोनाका कारण १ लाख नौ हजार एक सय ८४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा आठ सय १३ जना संक्रमितको ज्यान गयो ।
संक्रमण पुष्टि भएकामध्ये ६१ लाख ४६ हजार चार सय २७ जना उपचारपछि घर फर्किएका छन् । आठ लाख ६३ हजार छ सय ८९ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।