विश्वमा एकै दिनमा थपिए ४ लाख ३ हजारभन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ११ गते

विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ३७ लाख ९० हजार ५४३ पुगेको छ ।

यस्तै विश्वमा एकै दिनमा थप ५ हजार ६५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ६४ हजार ६०९पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६० हजार १७६ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २१ लाख ८२ हजार ७३७ पुगेको छ । त्यसमध्ये ७८ हजार ८७७ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *